क्यान्सर अस्पतालमा ‘डे केयर’ बिरामीका लागि छुट्टै फार्मेसी

    • स्वास्थ्य पेज

  • १३ फाल्गुन २०८०, आईतवार

नारायणगढः अस्पतालमा औषधि पाइएन भन्ने बिरामी तथा सेवाग्राहीको गुनासो बढेपछि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा फार्मेसी सेवालाई व्यवस्थित बनाइएको छ। फार्मेसी सेवालाई व्यवस्थित गर्न क्यान्सर उपचारमा अत्यावश्यक मानिएको किमो (क्यान्सर कोषलाई नष्ट गर्न प्रयो गरिने औषधि) लगायत विभिन्न छ सयभन्दा बढी औषधिसहित थप फार्मेसी सञ्चालनको तयारीमा अस्पताल रहेको छ।

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलका अनुसार हाल अस्पतालभित्र दुई ठाउँबाट फार्मेसी सेवा दिइँदै आइएको छ। जनशक्तिको अभावलाई पूर्ति गरेर छिट्टै थप फार्मेसी सञ्चालन गरिने पौडेलले बताउनुभयो। आवश्यक किमोथेरापीका सम्पूर्ण औषधि, जनरल औषधि, एन्टिबायोटिक, दुखाइ कम गर्ने र सर्जिकल सामग्रीसहितका करिब छ सय भन्दाबढी औषधि फार्मेसीमा हाल उपलब्ध रहेका रहेको पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्पतालमा सर्जिकल अङकोलोजी, मेडिकल कङकोलोजी, रेडियसन अङकोलोजी, प्याथोलोजी, रेडियोडायग्नोसिस, इमेजिङ, न्युक्लियर मेडिसिन, एनेस्थेसियोलोजी, प्यालिएटिभलगायत सेवा उपलब्ध छन्। पेट सिटी स्क्यानसँगै साइक्लोटोन उत्पादन र बोनम्यारो प्रत्यारोपण परियोजना छिट्टै सञ्चालन गर्ने तयारीमा अस्पताल रहेको कार्यकारी निर्देशक डा पौडेलले जानकारी दिनुभयो ।

  • १३ फाल्गुन २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech