नेपालगञ्जमा २० हजार पशुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाइँदै

    • स्वास्थ्य पेज

  • ११ फाल्गुन २०८०, शुक्रबार

नेपालगञ्ज:  नेपालगञ्जमा २० हजार पशुलाई खोरेत विरुद्धको भ्याक्सिन लगाइँदैछ । गाईभैंसीलाई खोरेत रोगबाट जोगाउन ६ महिनामाथिका बाच्छाबाच्छी तथा पाडापाडीलाई खोरेत विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाको पशु सेवा शाखाले तीन जना भ्याक्सिनेटरको टोली परिचालन गरेर भ्याक्सिन लगाउने कार्यको सुरुवात गरेको जनाएको छ । टोलीमा हिरालाल अहिर (यादव), दिनेश विश्वकर्मा र सिसराम यादव हुुनुहुन्छ । टोलीको नेतृत्व अहिरले गर्नुभएको छ ।

वडा नम्बर ६, ९, १२, १३, १५, १६, १७, १८, १९, २०, २१, २२ र २३ नम्बरमा वडामा चैत १० गतेसम्म खोरेत विरुद्धको खोप लगाइने पशु स्वास्थ्य प्राविधिक अच्युत गौतमले बताउनुभयो । वडा नम्बर १७ बाट भ्याक्सिन लगाउन सुरु गरिएको छ ।

खोरेत भ्याक्सिन लगाइसकेपछि बाख्रामा लाग्ने पीपीआर, गाईभैंसीमा लाग्ने भ्यागुते र चर्चरे तथा बंगुरहरुमा लाग्ने स्वाइन फिभर विरुद्ध पनि भ्याक्सिन लगाइने पशु स्वास्थ्य प्राविधिक अच्युत गौतमले बताउनुभयो । गाईभैंसीको खुट्टा तथा मुखमा घाउ आउने रोगलाई खोरेत भनिन्छ ।

  • ११ फाल्गुन २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech