कोहलपुरबाट बर्दिया जाँदै गरेको स्कुल बस पल्टिदा ७ जना विद्यार्थी घाइते

    • स्वास्थ्य पेज

  • २९ माघ २०८०, सोमबार

नेपालगन्जः बर्दियाको बासगढी नगरपालिका ८ लक्ष्मणा नजिकै स्कुल बस दुर्घटनामा परेको छ । मधुवन नगरपालिका वडा नं.१ सुर्यपटुवास्थित त्रिभुवन माध्यामिक बिद्यालयको भे १ ख २२४४ नम्वरको बस दुर्घटनामा परेको बताइएको छ ।

दुर्घटनामा घाइते भएका ७ जनालाई बासगढी स्थित कौशिल्या अस्पतालमा पु¥याइएको छ । तीमध्ये ४ जना उपचार पछि घर फर्किएपनि अन्य ३ जनाको अस्पतालमा उपचार भइरहेको अस्पतालका निर्देशक शंकर न्यौपानेले जानकारी दिनुभयो ।

उनीहरु प्राक्टिकलका लागि कोहलपुरमा सेन्टरप्लाजामा आएको बताइएको छ । फर्किनेक्रममा स्कुल बस दुर्घटनामा परेको हो ।

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech