नेपालगन्ज न्यूरो हस्पिटलको सचेतनामुलक कार्यक्रम

    • स्वास्थ्य पेज

  • २९ माघ २०८०, सोमबार

नेपालगन्ज: नेपालगन्ज न्यूरो ट्रमा एण्ड मल्टिस्पेस्यालिटी हस्पिटलले अन्तराष्ट्रिय छारेरोग दिवसको अवसर पारेर सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

सोमबार अस्पतालले छारेरोगका बारेमा सबैमा जानकारी पुर्‍याउन ब्राइटल्याण्ड कलेजसँगको सहकार्यमा कलेजका विद्यार्थीहरुमाझ सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको अस्पतालका फार्मेसी ईन्चार्ज दिनेश विष्टले जानकारी दिनुभयो । न्यूरो हस्पिटलले प्रत्येक वर्ष दिवसलाई विभिन्न सचेतनामुलक कार्यक्रम आयोजना गरी मनाउँदै आएको छ ।

समयमै उपचार गरौं, छारे रोगबाट बचौं भन्ने मुख्य नाराको साथ यो दिवसमा न्यूरोले सचेतनामुलक कार्यक्रम हरेक वर्ष गर्दै आएको अस्पताल प्रशासनले जानकारी दिएको छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट न्यूरो सर्जन डा.जोशन न्यौपानेले कार्यक्रममा छारेरोगका बारेमा विविध जानकारी दिनुभएको थियो ।

समाजमा छारेरोगसँग सम्बन्धीत विभिन्न भ्रमहरु रहेको भन्दै डा.न्यौपानेले भ्रम चिर्न कलेजका विद्यार्थीहरुलाई यसबारे जानकारी दिईएको बताउनुभयो । भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो (छारे रोग) कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ। पछिल्लो समय यस्ता रोगीको संख्या बढ्दै गएको डा.न्यौपाने बताउनुहुन्छ ।

अस्पतालले आयोजना गरेको सचेतनामुलक कार्यक्रममा करिब सय बढी विद्यार्थी, कलेजका शिक्षक लगायतको सहभागीता थियो ।

 

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech