गाउँघरमा मिर्गी भनेर चिनिने के हो छारे रोग, कसरी हुन्छ र जोगिने उपाय के हो ?

    • स्वास्थ्य पेज

  • २९ माघ २०८०, सोमबार

चिकित्सकका अनुसार मस्तिष्कका नसामा आउने गडबडीका कारण शरीरमा देखिने समस्या हो– छारे रोग। मस्तिष्कको नसामा ट्युमर पलाउँदा, मस्तिष्क सुन्निँदा तथा मस्तिष्कमा रगत जम्दा दिमागमा चाहिनेभन्दा बढी विद्युतीय तरंग उत्पन्न हुन्छ। त्यही तरंगका कारण छारे रोगका लक्षण देखिन्छन्। यो रोग लागेपछि केही मिनेट या सकेन्डका लागि बेहोस हुने, काम्ने, मुखबाट फिंज काढ्ने, वान्ता हुने, मुर्छा पर्ने, लल्याकलुलुक हुने, केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन्।

नदी, पोखरी या आगो भएका ठाउँमा यो रोगले छोप्यो भने पानीमा डुबेर एवं आगोमा जलेर बिरामीको मृत्यु हुनेजस्ता दुर्घटनासमेत निम्तिन सक्छन्।  चिकित्सका अनुसार शरीरमा पोटासियम, क्याल्सियम, ग्लुकोजजस्ता तत्वहरूमा गडबडी आउँदा पनि छारे रोग लाग्छ। त्यसैगरी लागूऔषध तथा जाँडरक्सी खाने,  पक्षघात हुने, बढी अनिँदो बस्ने, समयमा खाना नखाने, तनाव बढी लिनेजस्ता कारणले पनि छारे रोग लाग्छ।

मस्तिष्कमा चोटपटक लागेर रक्तश्राव भएमा पनि छारे रोग लाग्छ भने कतिपयलाई वंशाणुगत कारणले पनि यो रोग लाग्छ।न्युरोलोजिस्टहरूका अनुसार बच्चामा मेनेन्जाइटिस् र फेब्राइल फिवरका कारण मस्तिष्कको बनोटमा गडबडी आएर पनि छारे रोग लाग्छ। यसका लक्षण थरीथरीका हुन्छन्। कसैलाई मुर्छा पर्ने, काम्ने हुन्छ भने कसैमा छटपटिने, केही थाहा नपाउनेजस्ता लक्षण देखिन्छन्। चिकित्सकका अनुसार यो रोग विभिन्न कारणले लाग्ने भए पनि पछिल्लो समय खानपानमा ख्याल नपुर्‍याउने तथा सवारी दुर्घटनामा पर्ने गरेका कारण बढेको हो ।

भूतप्रेतका कारणले लाग्ने रोग हो– छोप्ने व्यथा, यो कहिले निको हुँदैन।’ छारे रोगबारे हाम्रो समाजमा यस्तै भ्रम छ। तर, चिकित्सा विज्ञानका अनुसार यो ९छारे रोग० कुनै भूतप्रेतले लाग्ने रोग नभई मानिसको मस्तिष्कमा आउने गडबडीका कारण लाग्ने गर्छ। पछिल्लो समय यस्ता रोगीको संख्या बढ्दै गएको न्युरोलोजिस्टहरू बताउँछन्।

छारे राेगका लक्षण
–मुर्छा पर्ने
–हातखुट्टा काम्ने
–शरीर लल्याकलुलुक हुने
–आँखा पल्टाउने
–फिंज काढ्ने
–जिब्रो टोक्ने
–बेहोस हुने, लड्ने
–यी मध्ये एक/दुई लक्षण मिलेमा पनि छारे रोग भएको हुन सक्छ।

छारे रोगबाट कसरी बच्ने ? 
–उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्र पिउने
–टाउकोमा चोटपटक लाग्न नदिने
–ज्वरो आउँदा समयमै उपचार गर्ने
–काँचा साग, सलाद, फलफूल पोटास पानीले राम्रोसँग पखालेर मात्र खाने
–ठीक समयमा सन्तुलित खाना खाने
–अनिँदो नबस्ने
–तनाव नलिने

  • २९ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech