३२ जनाले गरे रक्तदान

    • स्वास्थ्य पेज

  • २७ माघ २०८०, शनिबार

नेपालगन्ज: बाँकेको खजुरामा सामाजिक कार्यमा क्रियाशील सस्था सहायताका लागी सहयोगी हातहरुको आयोजनामा ३२ जनाले रक्तदान गरेका छन ।

सुशील कोइराला प्रखर क्यानर अस्पताल, प्रखर परोपकार मिसन नेपाल, आदर्श युवा सञ्जाल खजुराकासंगको सहकार्य तथा नेपाल रेडक्रस सोसाइटी रक्त संचार केन्द्र बाँकेको प्राबिधिक सहयोगमा रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदान कार्यक्रम सहायताका लागी सहयोगी हातहरुका अध्यक्ष पुष्पा कुमारी सुनारको अध्यक्षता तथा खजुरा गाउँ पालिकाका उपाध्यक्ष मन्जु मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा समाजसेवी जिवनाथ सापकोटा, महेन्द्र मल्ल, बेधनिधी प्याकुरेल, भक्तबहादुर के.सी, कल्पना तामाङ, सुवाष निरौला, शिवराज श्रेष्ठ, शिवराज देवकोटा, तुलाराम गिरी, जमुना दाहाल, इलाका प्रहरी कार्यालय धनौलीका इन्चार्ज प्रहरी निरीक्षक अशोक मल्ल लगायतको उपस्थिती रहेको थियो ।

खजुराका मणिक रत्न केसी, उत्सब सिजाली, यम विष्ट, धुर्ब क्षेत्री , डम्बर रावत , युबराज अधिकारी , धुर्ब बि सि , केसर के सि, लालजङ भन्डरी , कुन्ता खत्री सहित ३२ जना रक्तदाताहरुले रक्तदान गरेको सहायताका लागि सहयोगि हातहरुका सचिव विकाश हरि कोइरालाले जानकारी दिनुभयो ।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech