वेष्टर्न अस्पताल नेपालगन्जको नि:शुल्क शिविर, २८३ जनाले लिए सेवा

    • स्वास्थ्य पेज

  • २७ माघ २०८०, शनिबार

नेपालगन्ज: वेष्टर्न अस्पताल नेपालगन्जले शनिवार नेपालगन्जमा आयोजना गरेको नि:शुल्क स्वास्थ्य शिविरमा दुई सय बढीले स्वास्थ्य परामर्श लिएका छन् । अस्पतालमा आयोजित एकदिने नि:शुल्क शिविरमा २८३ जनाले सेवा लिएको अस्पतालले जानकारी दिएको छ ।

जनरल सर्जरी, स्त्री रोग, नाक, कान, घाँटी तथा आहार सम्बन्धि समस्या भएका विरामीले सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालका अनुसार शिविरमा बाँकेका १२३ जना, बर्दियाका ६६ जना, कैलालीका २३ जना, सुर्खेतका ४९ जना, रुकुमका ३ जना, जुम्लाका ७ जना, डोल्पाका४ जना, कालिकोटका ७ जना र बैतडीका १ जना बिरामीले सेवा लिएका हुन् ।

शिविरमा सर्जरी तर्फ डा.रुपानन्द अधिकारी, प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा.कल्पना थापा, इएनटी सर्जन डा.रबि स्वार तथा डी.टि.सुशिला खनाल लगायतले सेवा दिनुभएको थियो ।

अस्पतालले विशेषज्ञ स्वास्थ्य सेवा सबैको पहुचमा पुर्याउन शिविर सञ्चालन गरेको बताएको छ । शिविरले रोग पहिचानमा सहयोग पुगेको विश्वास समेत व्यक्त गरिएको छ ।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech