गर्भावस्थामा के खाने ?

    • स्वास्थ्य पेज

  • २७ माघ २०८०, शनिबार

– सामान्यतः गर्भवती महिलाले अरू वेलाभन्दा बढी क्यालोरीयुक्त खानेकुरा खानुपर्छ । माछा, मासु, अन्डा, बदाम तथा गेडागुडीजस्ता प्रोटिनयुक्त खानेकुरा खानुपर्छ । साथै, दूध, दहीजस्ता क्याल्सियमयुक्त परिकारसमेत पर्याप्त मात्रामा सेवन गर्न आवश्यक हुन्छ ।

– कार्बोहाइड्रेटयुक्त खाद्यान्न तथा आवश्यक मात्रामा चिल्लो खानेकुरा खान आवश्यक हुन्छ । घिउजन्य वस्तुले तौल बढाउन सक्ने भएकाले थोरै तर नियमित सेवन गर्नुपर्छ । घिउजन्य पदार्थबाट अन्य खानेकुराभन्दा बढी क्यालोरी प्राप्त हुन्छ, जुन गर्भवतीका लागि खाना आवश्यक छ ।

– सफा, स्वच्छ र ताजा खानेकुरा खानुपर्छ । यस्तो अवस्थामा अझ प्रशस्त मात्रामा झोलिलो पदार्थ खाने । गर्भवतीले प्रशस्त मात्रामा मौसमी फलफूल तथा तरकारी खानुपर्छ । सम्पूर्ण खानेकुराको कम्तीमा पनि पाँच भागको एक भाग फलफूल वा तरकारी हुन आवश्यक छ । यसैगरी, गर्भवती महिलाले प्रशस्त मात्रामा पानी पिउनुपर्छ, जसले आमा र बच्चाको शरीरमा अक्सिजनको मात्रा सन्तुलन गर्दछ ।

– गर्भवतीले आवश्यक मात्रामा मौसमी फलफूल खानुपर्दछ । जुनसुकै खानेकुरा पनि पखालेर वा राम्ररी सफा गरेर मात्रै खानुपर्छ । यदि स्वस्थ खानेकुरा सेवन गर्ने हो भने अतिरिक्त भिटामिन लिनुपर्दैन ।

– गर्भावस्थामा कतिपय खानेकुरा खानुहुँदैन । यस्ता खानेकुराले हानि पनि गर्न सक्छ । यस्तो वेला चिकित्सकको सल्लाहअनुसार सीमित औषधि सेवन गर्नुपर्छ । आफैँले जथाभावी औषधि खाए गर्भमा रहेको भ्रूणमा नकारात्मक असर पनि पुग्न सक्छ ।

– यो अवस्थामा सजिलै ब्याक्टेरियाले आक्रमण गर्न सक्ने भएकाले बजारमा राखिएका खानेकुरा खानुहुँदैन । फास्टफुड र ड्राइफुड सकेसम्म नखाने । अल्कोहलजन्य पेयपदार्थ, चुरोट र सुर्तीजन्य वस्तुको सेवनले बच्चालाई हानि गर्दछ । यसबाहेक काँचो मासु र काँचो अन्डा पनि हानिकारक छ ।

  • २७ माघ २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech