योग शिक्षाबारे विद्यार्थीहरुलाई प्रशिक्षण

    • स्वास्थ्य पेज

  • २४ माघ २०८०, बुधबार

नेपालगन्जः बाँकेको राप्तीसोनारी गाउँपालिका–९ ढकेरी स्थित गणेश माविमा योग शिक्षा कार्यक्रम गरिएको छ । राप्तीसोनारी गाउँपालिका आयुर्वेद शाखाको आयोजनामा भएको कार्यक्रममा विद्यार्थीहरुलाई योग शिक्षाको आवश्यकता र महत्वबारे जानकारी गराइएको आयुर्वेद शाखा प्रमुख अञ्जना थारुले जानकारी दिनुभयो । उहाँ अनुसार योग प्रशिक्षक गौरी शंकर मण्डलले विद्यार्थीहरुलाई योग शिक्षाबारे जानकारी गराउनुभएको थियो । त्यसैगरी स्वस्थ जीवनशैली, स्थानीय स्तरमा पाइने जडिबुटीको पहिचान, आवश्यकता र महत्व तथा तनाव व्यवस्थापनका बारेमा पनि विद्यार्थीहरुलाई जानकारी गराइएको शाखा प्रमुख थारुले बताउनुभयो ।

शाखा प्रमुख थारुसहित रोशन शर्मा, कविता खत्रीले पनि विद्यार्थीहरुलाई प्रशिक्षण दिनुभयो । योग शिक्षा कार्यक्रममा कक्षा ९ र १० का करिव एक सय जना विद्यार्थीहरु सहभागि भएका थिए । कार्यक्रममा वडा नं.९ का कार्यपालिका सदस्य राधिका सुनारको अध्यक्षतामा भएको हो । यसअघि शाखाले जेष्ठ नागरिकलाई लक्षित गरेर स्वास्थ्य सेवा प्रर्वधन कार्यक्रम गरेको थियो । उक्त कार्यक्रममा १७८ जना जेष्ठ नागरिकले सेवा लिएका थिए । उनीहरुको स्वास्थ्य चेकजाँचसँगै अश्र्वगन्धा, आमलकी चुर्ण, दसमूल लगायतका इम्युनिटी पावर बढाउने खालका औंषधी वितरण गरिएको थियो ।

चालू आर्थिक वर्षमा विद्यालय आयुर्वेदिक तथा योग शिक्षा कार्यक्रमसँगै सुत्केरी आमाहरुलाई दुग्ध प्रवर्धक औंषधी वितरण, निशुल्क आयुर्वेद स्वास्थ्य शिविर, योग शिविर, स्वास्थ्य जीवनशैली जस्ता कार्यक्रम केन्द्रले गर्ने योजना बनाएको छ । पालिकाले त्यसका लागि यो आर्थिक वर्षमा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । स्वास्थ्य शाखाले पाँच र पालिकाले १० गरी १५ लाख बजेट केन्द्रले प्राप्त गरेको थारुले जानकारी दिनुभयो ।

  • २४ माघ २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech