लोमस फर्मास्युटिकल्सको सिटामोल बिक्रीमा रोक

    • स्वास्थ्य पेज

  • १८ माघ २०८०, बिहीबार

नेपालगन्जः औषधि व्यवस्था विभागले लोमस फर्मास्युटिकल्सद्वारा उत्पादित सिटोफेन (पारासिटामोल) बिक्रीमा रोक लगाएको छ ।

कम्पनीको सीटी २०२३ ब्याचको ५०० एमजी पारासिटामोल ट्याबलेट बिक्री वितरणमा विभागले रोक लगाएको हो ।

राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षणको क्रममा औषधि न्यून गुणस्तर पाइएकाले बिक्री(वितरण नगर्न सूचनासहित बजारबाट फिर्तासमेत ल्याउन विभागले निर्देशन दिएको छ ।

  • १८ माघ २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech