बाँकेका तीन जना सेवा निवृत्त नर्सहरु सम्मानित

    • स्वास्थ्य पेज

  • १५ माघ २०८०, सोमबार

नेपालगन्जः बाँकेका तीन जना सेवा निवृत्त नर्सहरु सम्मानित भएका छन् । नेपाल नर्सिङ संघ बाँके शाखाले ६२ औं राष्ट्रिय नर्सिङ दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा सेवा निवृत्त नर्सहरु नन्दकला खड्का, शारदा चौधरी र सुशीला अधिकारी सम्मानित हुनु भएको हो ।

भेरी अस्पतालका प्रमुख नर्सिङ प्रशासक दुर्गालक्ष्मी श्रेष्ठ र नेपाल नर्सिङ संघ बाँके शाखाा अध्यक्ष लक्ष्मी केसी ओलीले खादा र टिका लगाएर सम्मान पत्रसहित उहाँहरुलाई सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै नर्सिङ प्रशासक श्रेष्ठले नर्स पेशाको भूमिका महत्वपूर्ण रहेपनि नर्सिङलाई पेशालाई विभेद गरिएको बताउनुभयो ।

संघका बाँके शाखा अध्यक्ष केसीले तीनै तहको सरकारबाट नर्सहरु पीडित भएको बताउनुभयो । सम्मानित ब्यक्तिको तर्फबाट बोल्दै नन्दकला खड्काले नर्सिङ पेशामा एकले अर्कालाई असहयोग गर्ने प्रवृत्ती रहेको बताउनुभयो ।

  • १५ माघ २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech