प्रदर्शनी स्थलमा निःशुल्क स्वास्थ्य जाँच, भोलि स्वीकृतिले परामर्श दिने

    • स्वास्थ्य पेज

  • २४ पुष २०८०, मंगलवार

नेपालगन्ज: नेपालगन्ज बागेश्वरी मन्दिर परिसरमा आजदेखि सुरु भएको लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनीको आठौं संस्करणमा निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको छ । १४५ औं मेल्बिन जोन्स डे सेलिब्रेसन कार्यक्रमको अवसर पारि थोपा प्रयोगशाला र लायन्स क्लव अफ भेरीको आयोजनामा प्रदर्शनी स्थलमा हेल्प डेक्स संचालन गरि निःशुल्क स्वास्थ्य चेकजाँच गरिएको थोपा प्रयोग शालाका कार्यकारी प्रमुख सुलभ आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त हेल्प डेस्कमार्फत प्रदर्शनी स्थलमा आएका दर्शकहरुको निःशुल्क रक्तचाप तथा मधुमेहको जाँच गरिएको छ ।

प्रदर्शनीको पहिलो दिन ६० जना बढीले प्रत्यक्ष सेवा लिएका छन् । त्यसैगरी सय जना बढीले स्वास्थ्य सेवा परामर्श सेवा लिएको पनि कार्यकारी प्रमुख आचार्यले बताउनुभयो । उहाँले प्रदर्शनी अवधिभर यो सेवा निःशुल्क प्रदान गरिने जानकारी दिनुभयो । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा पुस २८ गतेसम्म प्रदर्शनी चल्ने छ । उक्त अवसरमा पिएचडी रिसर्च स्वीकृति कनोडियाले भोलि बुधवार स्तन क्यान्सर सम्बन्धी परामर्श सेवा दिने हुनु भएको छ ।

पछिल्लो समय महिलामा स्तन क्यान्सरको समस्या विकराल बनेको छ । प्रदर्शनीका माध्यमबाट स्तन क्यान्सरबारे सचेतना फैलाउन कनोडियाले परामर्श सेवा दिन लागेको प्रदर्शनीका आर्थिक संयोजक शशी श्वाँरले जानकारी दिनुभयो । उहाँले कनोडियाको परामर्शले स्तन क्यान्सरको जोखिम न्यूनीकरणमा सकारात्मक प्रभाव पार्ने पनि जानकारी दिनुभयो ।

  • २४ पुष २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech