लर्ड बुद्धको आयोजनामा भएको रक्तदानमा गरे ८५ जनाले रक्तदान

    • स्वास्थ्य पेज

  • २३ पुष २०८०, सोमबार

कोहलपुरः लर्ड बुद्ध एजेकेशनल एकेडेमी लिमिटेड कर्मचारी संघ बाँकेले सोमवार कोहलपुरमा बृह्त रक्तदान कार्यक्रम गरेको छ । उक्त रक्तदानमा ८५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक अभिशेष सिंह ठकुरीले जानकारी दिनुभयो । संघका केन्द्रीय अध्यक्ष यमबहादुर खड्का र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पातलका निर्देशक प्रोफेसर डा.रेशमबहादुर रानाले उपसभापति अञ्जु न्यौपानेलाई ब्लडको पोको हस्तान्तरण गर्दै रक्तदान सुरु गर्नुभएको हो ।

रक्तदान अघि आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै संघका अध्यक्ष यमबहादुर खड्काले कुनै पनि नागरिकहरुको रगत अभावकै कारण ज्यान जान नपरोस् भन्ने हेतुका साथ रक्तदान कार्यक्रम गरिएको बताउनुभयो । सामाजिक तथा राजनीतिक क्षेत्रमा समेत सक्रिय खड्काले मानवीय सेवालाई समेत संघलाई जोड्दै लग्नुभएको छ।

‘संघले कर्मचारीको हकहितमात्र होइन मानवीय सेवा पनि गर्छ भन्ने सन्देश प्रवाह गर्न चाहेका छौं उहाँले भन्नुभयो–‘अस्पतालमा आइसकेका बिरामी रगत अभावकै कारण ज्यान गुमाउन नपरोस् भन्ने अभिप्रायले रक्तदान कार्यक्रम गरिएको हो ।’ खासगरी वेसहारा र विपन्न समुदायका व्यक्तिहरुलाई लक्षित गरेर उक्त रक्तदान आयोजना गरिएको पनि बताउनुभयो । रक्तदान कार्यक्रममा मेडिकल कलेजका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा कर्मचारीगरी ८५ जनाले रक्तदान गरेका थिए ।

  • २३ पुष २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech