हात्तीपाइले निवारणतर्फ नरैनापुर

    • स्वास्थ्य पेज

  • २२ पुष २०८०, आईतवार

नेपालगन्जः बाँकेको नरैनापुर गाउँपालिका हात्तीपाइले रोग निवारणतर्फ उन्मुख भएको छ । वडा नं ४ खोदवामा तीन सय दुई जनाको हात्तीपाइले रोगको जिवाणु जाँच गर्दा पोजेटिभ फेला नपरेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले जानकारी दिनुभयो । तीन सय दुई जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी) मा नरैनापुरमा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला नपरेको उहाँले बताउनुभयो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा शनिबार खोदवामा आरडिटी जाँच गरिएको हो । नरैनापुरमा पोजेटिभ नदेखिएकोले औषधि सेवन गर्नुपर्ने अवस्था नभए पनि डुडुवा गाँउपालिका र नेपालगन्ज उपमहानगरपालिकामा पोजेटिभ फेला परेको खण्डमा तीन वटै पालिकाका नागरिकले थप दुई वर्ष औषधी सेवन गर्नु पर्ने संयोजक साहले बताउनुभयो ।

हात्तीपाइले विरुद्धको औषधि सेवनमा नागरिकको बेवास्ता, लगातार औषधि नखानु र लामखुट्टेको प्रकोपका कारण निरन्तररूपमा अभियान चलाइराख्नु परेको उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालयले अहिले पालिका स्तरमा स्वास्थ्यकर्मी परिचालन गरी हात्तीपाइले रोगको जिवाणु परीक्षण सुरु गरेको छ ।

  • २२ पुष २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech