पीन नेपालगन्ज इकाईमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा वर्मा

    • स्वास्थ्य पेज

  • २२ पुष २०८०, आईतवार

नेपालगन्ज: नेपाल औषधीगत विक्रि प्रबन्धक संघठन (पीन) नेपालगन्ज इकाईको अध्यक्षमा विशाल विक्रम वर्मा सर्वसम्मत निर्वाचित हुनु भएको छ । बर्दियाको पर्यटकिय क्षेत्र सत्खलुवा तालमा सम्पन्न नेपालगन्ज इकाईको बनभोज तथा इकाई अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।

संघठनको वरिष्ठ उपाध्यक्षमा रोहित कुमार भट्ट, उपाध्यक्षमा अमर बहादुर बम, सचिवमा माधव प्रसाद जोशी, सह सचिवमा अमृत पाण्डे, कोषाध्यक्षमा किशोर लेखक र सह कोषाध्यक्षमा सतिश गुप्ता निर्विरोध निर्वाचित हुनु भएको छ।

संगठनको सदस्यमा गौतम कुमार, श्याम हरि जोशी, राजेन्द्र प्रसाद अवस्थी , लक्ष्मी प्रसाद खनाल र अभिषेक राज खनाल निर्वाचित हुनु भएको छ । सदस्य पदका लागि पनि निर्वाचन भएन ।

यस्तै संगठनले अग्रजहरु समेटेर सल्लाहकार समेत चयन गरेको छ । जसमा प्रेम खरेल, तिर्थ चौधरी, गोबिन्द जिसी, शालिकराम खनाल, जहिरुल हक जिनु, बाबुराम पौडेल र जनक राज श्रेष्ठलाई चयन गरिएको सचिव माधव जोशीले जानकारी दिनुभयो ।

नेपालगन्जमा कार्यरत करिब ५० जना प्रबन्धकहरु उपस्थित कार्यक्रममा पेशालाई कसरी मर्यादित बनाउन सकिन्छ भन्ने विषयमा विचार साटासाट समेत गरिएको थियो । संगठनले हरेक अधिवेशन बनभोज कार्यक्रमकै आयोजना गरि गर्ने गरेको छ ।

  • २२ पुष २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech