कोहलपुरमा ४८ जनामा हात्तीपाइलेको जिवाणु, एकिन गर्न माइक्रोस्कोपिङ जाँच गरिँदै

    • स्वास्थ्य पेज

  • २० पुष २०८०, शुक्रबार

कोहलपुरः कोहलपुर नगरपालिका वडा नं. ६ रझेनामा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु फेला परेको छ । तीन सय जनामा गरिएको ¥यापिट डाइगोनिष्टक टेस्ट (आरडिटी)मा ४८ जनामा हात्तीपाइले रोगको जिवाणु (माइक्रोफाइलेरिया) फेला परेको कोहलपुर नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक प्रेम पाण्डेले जानकारी दिनुभयो ।

राष्ट्रिय हात्तीपाइले रोग निवारणका लागि इपिडिमियोलोजिकल मनिटरिङ सर्भेका क्रममा विहीबार रझेनामा आरडिटी जाँच गरिएको थियो । आरडिटी पोजेटिभ देखिएका ४८ जनाको पुनः माइक्रोस्कोपिङ जाँच गरिएको पनि पाण्डेले बताउनुभयो । आरडिटी जाँचमा शरीरभित्र मरेका जिवाणु भएपनि पोजेटिभ देखिने भएकाले एकिन गर्न रात्रीकालीन माइक्रोस्कोपिङ जाँचका लागि रक्त नमुना संकलनको गरिएको उहाँको भनाइ छ ।

राती १० देखि २ बजेसम्मको समयमा संकलन गरिएको रक्त नमुना माइक्रो स्कोपिङबाट परीक्षण गरिनेछ । रातीको समयमा माइक्रोफाइलेरिया जिवाणु रगतमा सक्रिय रहने भएकाले जिवाणु सुश्चितताको लागि उक्त समयमा रक्त नमुना संकलन गरिएको हो । आरडिटी पोजेटिभ देखिएका ४८ जनामध्ये माइक्रोस्कोपिङको परीक्षणमा यदी २ वा दुई भन्दा कममा माइक्रोफाइलेरिया पोजेटिभ देखिए पास भएको मानिन्छ र उक्त क्षेत्रमा औषधी सेवन कार्य रोकिने छ ।

तर ३ भन्दा बढी पोजेटिभ देखिए भने फेल हुने र पुनः कोहलपुरबासीले थप दुई वर्ष औषधि सेवन गर्नुपर्नेछ । अघिल्लो पटक तीन सय जनामा रक्त नमुना परीक्षण गरिएकोमा रझेनामा ३५ जनामा पोजेटिभ देखिएको थियो ।

  • २० पुष २०८०, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech