केएमसीको समस्याबारे छानबिन गर्न संसदीय समितिको निर्देशन

    • स्वास्थ्य पेज

  • १९ पुष २०८०, बिहीबार

नेपालगन्जः संसदीय समितिले सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)मा उत्पन्न समस्याका बारेमा छानबिन गर्न शिक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति भानुभक्त जोशीले केएमसीले आवासीय चिकित्सक डा. विशद दाहाललाई प्रवेश निषेध गरेको र आवासीय चिकित्सकहरु आन्दोलनमा उत्रिएको विषयमा छानबिन गर्न मन्त्रालयलाई निर्देशन दिनुभयो ।

यसअघि बैठकमा डा. तोसिमा कार्कीले मेडिकल कलेजले करिकुलम भन्दा बाहिर काम लगाएको बारेमा प्रश्न उठाउँदा आवासीय चिकित्सक डा.दाहाललाई कारबाही गरिएको र अस्पतालमा बाउन्सर परिचालन गरिएको भन्दै बैठकमा ध्यानाकर्षण गराउनुभयो । कलेज प्रशासनले कलेजको नीति विरुद्ध एक विज्ञप्तिमार्फत डा.दाहाललाई एक महिनाका लागि निलम्बन गरेको घोषणा गरेको थियो । तर त्यसको विरोध भएपछि काठमाडौं विश्वविद्यालयले डा.दाहालको निलम्बन स्थगन गर्दै ३ दिनभित्रमा कलेजसँग राय मागेको थियो ।

तर कलेजले डाक्टर दाहाललाई प्रवेश निषेध गरेको छ । जसको विरोधमा आवासीय चिकित्कसहरु आन्दोलनमा छन् । आवासीय चिकित्सकहरुले डा.दाहाललाई एक महिनासम्म गरेको निलम्बन फुकुवाको माग र करिकुलमभन्दा बाहिरी काममा नलगाउन माग राख्दै अस्पताल परिसरमा धर्ना दिंदै आइरहेका छन् ।

  • १९ पुष २०८०, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech