सिकलसेल र थालेसिमियाको पहिचान गर्न रक्त नमूना संकलन

    • स्वास्थ्य पेज

  • १७ पुष २०८०, मंगलवार

नेपालगन्ज: बाँकेको राप्तीसोनारी गाउँपालिका-१ कुसुममा मंगलबार सिकलसेल एनिमिया र बिटा थालेसिमियाको पहिचान गर्न रक्त नमूना संकलन गरिएको छ । स्वास्थ्य कार्यालय बाँके र राप्तीसोनारी गाउँपालिकाको सहकार्यमा गरिएको स्क्रिनिङ शिविरमा ३५ जनाको रक्त नमूना संकलन गरिएको स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी नरेश श्रेष्ठले बताउनुभयो।

खासकुश्माका राप्तीनदि पारिका विकट तथा छरिएको बस्तीहरुबाट लक्षित समुह थारू, खुना र कुमाल जातिका नागरिकहरुको रक्त नमूना संकलन गरिएको खासकुस्मा स्वास्थ्य चौकी प्रमुख अमर सिंह महताराले जानकारी दिनुभयो । संकलित रक्त नमूना परिक्षणका लागि मंगलबारनै कोहलपुर नगरपालिकाको सिकलसेल ल्याबमा पठाइएको राप्तीसोनारी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो ।

खासकुशमा स्वास्थ्य चौकी प्रमुख अमर सिंह महतारा, सि.अ.हे.ब. हरि बस्नेत र ल्याब टेक्निसियन अर्चना चौधरी रक्त नमूना संकलनमा खटिनु भएको थियो । यो नमुना संकलन शिविर हरेक हप्ताको ३ दिन चल्नेछ । चैत्र मसान्तसम्म चल्ने शिविरमा करिव तीन हजार जना लक्षित समुदायको रगत नमुना जाँच गर्ने लक्ष्य लिइएको छ । शिविरमा प्रत्येक एक पटकमा ३०-४० वटा नमूना संकलन गर्ने लक्ष्य पालिकाले लिएको केसीले बताउनुभयो ।

  • १७ पुष २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech