चिसोका कारण भूकम्पपीडित सुत्केरी महिलाको मृत्यु

    • स्वास्थ्य पेज

  • ११ पुष २०८०, बुधबार

नेपालगन्जः जाजरकोटको कुशे गाउँपालिकामा एकजना सुत्केरी महिलाको चिसोका कारण मृत्यु भएको छ । कुशे गाउँपालिका वडा नम्बर –९, को घर्तीगाउँकी २४ वर्षीया कल्पना नेपालीको मृत्यु भएको हो । उहाँको आज बिहान मृत्यु भएको हो । कुशे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले उहाँको चिसोकै कारण मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँले मङ्सिर १७ गते दुई छोरालाई जन्माउनु भएको थियो । कात्तिक १७ गतेको भूकम्पपछि उहाँसँगै सासू र श्रीमान् त्रिपालमा बस्दै आउनु भएको थियो । ‘बिरामी अरू खासै केही थिएन, चिसोकै कारणले हो,’ परिवारको भनाइ उद्धृत गर्दै अध्यक्ष बस्नेतले भन्नुभयो, ‘त्रिपालका बसिरहेका थिए, मैले प्रहरी, स्वास्थ्य चौकी सबैलाई स्वयम् मैले नै बुझेको हुँ ।’

उहाँका अनुसार कल्पनाले मङ्सिर १७ गते जुम्ल्याहा दुई वटा बच्चा जन्माउनु भएको थियो । कार्तिक १७ गते गएको भूकम्पले कल्पनाको घरमा क्षति पुर्‍याएको थियो । अध्यक्ष बस्नेतका अनुसार त्रिपालमुनि अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेको बताउनुभयो। ‘कोही दीर्घ रोगी, कोही क्यान्सर सम्बन्धीका बिरामीहरूको गरी चिसोका कारण ६ जनाको मृत्यु भयो,’ उहाँले भन्नुभयो, ‘हामीले चिसोबाट जोगाउनका लागि अस्थायी आवास बनाउने नै हो । त्यो काम भइरहेको छ । अहिलेसम्म डेढ सय जति अस्थायी आवास बनाएका छौँ, सबै मिलेर ।’

  • ११ पुष २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech