भाइरल ज्वरोले सतायो ? घरमै यी उपाय अपनाउनुहोस्

    • स्वास्थ्य पेज

  • ११ पुष २०८०, बुधबार

नेपालगन्जः चिसो बढ्दै जाँदा हाल आएर बाँके जिल्लाका धेरै सर्वसाधारण फेरि कडा किसिमको भाइरल फ्लुबाट पीडित बनेका छन् । चिसो बढ्न थालेसँगै जिल्लामा कडा किसिमको भाइरलफ्लुका बिरामीहरु बढ्दैगएको अस्पतालले जनाएका छन् ।

भारतमा कोरोनाको नयाँ किसिमको भाइरस फेला पर्न थालेकाले कडा फ्लुका बिरामीलाई केही दिनमा निको नभए कोरोना परीक्षण गराउन चिकित्सकले आग्रह गरेका छन् ।

पुस महिना सुरु भएसँगै चिसो बढेका कारण जिल्लामा भाइरलफ्लु अर्थात ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

यसबाट छुटकारा पाउन के गर्ने त ? ​यस्ता छन् भाइरल ज्वरोका केही लक्षण र बच्ने केही उपायः

लक्षण

  • घाँटीमा दुखाइ
  • मांसपेशीहरू दुख्नु
  • घाँटी खसखसाइरहनु
  • आँखा पोलिरहेको जस्तो अनुभव हुनु
  • थकाइ महसुस हुनु
  • शरीरको तापक्रम निकै धेरै हुनु

कसरी बच्ने ? 

  • सरसफाइमा ध्यान दिनुहोस्
  • खोक्दा वा आच्छ्युँ गर्दा रुमालले मुख ढाक्नुहोस्
  • खाना अघि राम्रोसँग हात धुने बानी बसाल्नुहोस्
  • उमालेको पानी पिउने गर्नुहोस्

भाइरल ज्वरोबाट राहत पाउनका लागि केही घरेलु उपायः

धेरै पानी पिउनुहोस्ः

भाइरल ज्वरो आउँदा सकेको धेरै पानी पिउने गर्नुपर्छ । यसका साथै जुस तथा क्याफिन नभएको चियाको सेवन पनि गर्दा राम्रो हुन्छ । धेरैजसो फलफूलमा एन्टिअक्सिडेन्ट्स चाहिएको हुन्छ, त्यसको सेवन गर्नु निकै आवश्यक हुन्छ । ज्वरो सँगसँगै पखाला पनि लागेको छ भने जीवनजलजस्ता पेय पदार्थको सेवन गर्नु पर्ने हुन्छ ।

कागतीको प्रयोगः

कागतीलाई बीचबाट काटेर पैतालामा दल्दा पनि ज्वरोबाट आराम मिल्छ । कागतीको टुक्रा मोजामा हालेर रातभर खुट्टामा लगाएर सुत्दा पनि यसले ज्वरो ठिक पार्छ ।

लसुनः

लसुनको टुक्राहरुले पनि हामीलाई ज्वरोबाट बच्न सहयोग गर्छ । लसुनमा बेसार मोलेर खाँदा पनि हुन्छ वा यत्तिकै दैनिक दुई पोटी लसुन खाँदा धेरै फाइदा पुग्छ ।

  • ११ पुष २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech