नेपालगन्जः चिसो बढ्दै जाँदा हाल आएर बाँके जिल्लाका धेरै सर्वसाधारण फेरि कडा किसिमको भाइरल फ्लुबाट पीडित बनेका छन् । चिसो बढ्न थालेसँगै जिल्लामा कडा किसिमको भाइरलफ्लुका बिरामीहरु बढ्दैगएको अस्पतालले जनाएका छन् ।
भारतमा कोरोनाको नयाँ किसिमको भाइरस फेला पर्न थालेकाले कडा फ्लुका बिरामीलाई केही दिनमा निको नभए कोरोना परीक्षण गराउन चिकित्सकले आग्रह गरेका छन् ।
पुस महिना सुरु भएसँगै चिसो बढेका कारण जिल्लामा भाइरलफ्लु अर्थात ज्वरो, रुघाखोकी, निमोनिया र झाडापखालाका बिरामीको संख्या बढेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
यसबाट छुटकारा पाउन के गर्ने त ? यस्ता छन् भाइरल ज्वरोका केही लक्षण र बच्ने केही उपायः
लक्षण
- घाँटीमा दुखाइ
- मांसपेशीहरू दुख्नु
- घाँटी खसखसाइरहनु
- आँखा पोलिरहेको जस्तो अनुभव हुनु
- थकाइ महसुस हुनु
- शरीरको तापक्रम निकै धेरै हुनु
कसरी बच्ने ?
- सरसफाइमा ध्यान दिनुहोस्
- खोक्दा वा आच्छ्युँ गर्दा रुमालले मुख ढाक्नुहोस्
- खाना अघि राम्रोसँग हात धुने बानी बसाल्नुहोस्
- उमालेको पानी पिउने गर्नुहोस्
भाइरल ज्वरोबाट राहत पाउनका लागि केही घरेलु उपायः
धेरै पानी पिउनुहोस्ः
भाइरल ज्वरो आउँदा सकेको धेरै पानी पिउने गर्नुपर्छ । यसका साथै जुस तथा क्याफिन नभएको चियाको सेवन पनि गर्दा राम्रो हुन्छ । धेरैजसो फलफूलमा एन्टिअक्सिडेन्ट्स चाहिएको हुन्छ, त्यसको सेवन गर्नु निकै आवश्यक हुन्छ । ज्वरो सँगसँगै पखाला पनि लागेको छ भने जीवनजलजस्ता पेय पदार्थको सेवन गर्नु पर्ने हुन्छ ।
कागतीको प्रयोगः
कागतीलाई बीचबाट काटेर पैतालामा दल्दा पनि ज्वरोबाट आराम मिल्छ । कागतीको टुक्रा मोजामा हालेर रातभर खुट्टामा लगाएर सुत्दा पनि यसले ज्वरो ठिक पार्छ ।
लसुनः
लसुनको टुक्राहरुले पनि हामीलाई ज्वरोबाट बच्न सहयोग गर्छ । लसुनमा बेसार मोलेर खाँदा पनि हुन्छ वा यत्तिकै दैनिक दुई पोटी लसुन खाँदा धेरै फाइदा पुग्छ ।