प्रजातान्त्रिक जनस्वास्थ्य संघमा विन्जवलाको नेतृत्व, वरिष्ठ उपाध्यक्षमा नरेश

    • स्वास्थ्य पेज

  • १० पुष २०८०, मंगलवार

नेपालगन्ज: प्रजातान्त्रिक जनस्वास्थ्य संघमा नयाँ कार्यसमिति चयन भएको छ। मंगलबार काठमाडौंमा भएको भेलाबाट १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको हो।विन्जवला श्रेष्ठको नेतृत्वमा सर्वसम्मत कार्यसमिति चयन गरिएको हो।

संघको वरिष्ठ उपाध्यक्षमा नरेश बाबु श्रेष्ठ, उपाध्यक्षहरुमा वृज कुमार दास, दयाकान्त पन्थ र तुलसी सुवेदी चयन हुनु भएको छ ।नरेश बाबु स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृतका रुपमा कार्यरत रहनु भएको छ ।

यस्तै महासचिवमा विनोद जोशी र उपमहासचिवमा श्रीकृष्ण बस्नेत चयन हुनुभएको छ।सचिवमा निराजन पोख्रेल, कोषाध्यक्षमा रागीश्री कक्षपति, सहकोषाध्यक्षमा रणधिर कुमार यादवसहित सदस्यहरु सर्वसम्मत चयन हुनु भएको छ ।

 

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech