मुटु सुरक्षाबारे पत्रकार र विशेषज्ञ डाक्टरवीच साक्षात्कार

    • स्वास्थ्य पेज

  • १० पुष २०८०, मंगलवार

नेपालगन्जः मुटु सुरक्षाबारे नेपालगन्जमा पत्रकार र विशेषज्ञ चिकित्सकबीच साक्षात्कार गरिएको छ । दैनिक नेपालगञ्जकर्मी ऋषिराज गैरेको ४५औं पुण्यतिथिको सन्दर्भमा पत्रकार र मुटुरोग विशेषज्ञबीच मुटु सुरक्षाबारे साक्षात्कार गरिएको सम्यक मिडियाका कार्यकारी अध्यक्ष एवम् दैनिक नेपालगञ्जका प्रधान सम्पादक झलक गैरेले बताउनुभयो । बरिष्ठ मुटुरोग विशेषज्ञ डा.विकास नेपालले मुटु स्वास्थ्यको अवस्था र सुरक्षाका लागि अपनाउनुपर्ने सावधानीबारे चर्चा गर्नुभएको थियो ।

पत्रकारहरुमाझ उहाँले मुटु स्वस्थ कसरी राख्ने, कम उमेरमै देखिन थालेको हृदयाघातबाट कसरी जोगिने, स्वस्थ जीवनशैलीका लागि कस्तो खानपिन गर्ने लगायतका विषयमा जानकारी गराउनुभयो । पत्रकारहरुले राखेका मुटु सम्बन्धि विभिन्न जिज्ञासा पनि उहाँले मेटाउनुभएको थियो । डा. नेपालले पछिल्लो समय युवाहरुमा बढ्दै जान थालेको हृदयाघातको मुख्य कारण धुम्रपान रहेको बताउनुभयो । अस्वस्थकर जीवनशैलीले मुटुको जोखिम बढाएको उहाँको भनाइ छ ।

स्वर्गीय गैरेको हृदयाघातबाट गत मंसिर १ गते ४० बर्षकै उमेरमा निधन भएको थियो । बरिष्ठ मुटुरोग विशेषज्ञ डा. नेपाल भेरी अस्पतालमा कार्यरत हुनुहुन्छ । झलकले हृदयाघातबाट स्वर्गीय गैरेको अल्पायुमै भएको मृत्युबरणले मुटु सुरक्षाबारे सबै सजग र सचेत हुनुपर्ने आवश्यकता महसुस गरेर अन्तरक्रिया कार्यक्रम राखेको बताउनुभयो । कार्यक्रमको सहजीकरण स्वास्थ्यकर्मी जीवन शर्माले गर्नुभएको थियो ।

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech