बाँकेका अस्पतालहरुमा स्क्रब टाइफसका बालबालिका बढे, यस्ता छन् बच्ने उपायहरु

    • स्वास्थ्य पेज

  • १० पुष २०८०, मंगलवार

नेपालगन्जः बाँकेका अस्पतालहरुमा स्क्रब टाइफस रोगका बिरामी बालबालिकाहरुको संख्या बढेको छ । हिंजोआज दैनिक जस्तो स्क्रब टाइफसका बिरामी बालबालिकाहरु अस्पतालमा आउने गरेको कान्ति कान्ति आरोग्य हस्पिटलमा कार्यरत बालरोग विशेष डा.रोमा वोराले जानकारी दिनुभयो ।

उहाँका अनुसार स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी भन्ने जिवाणुबाट लाग्दछ ।

माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।उहाँका अनुसार सबै उमेर समुहका व्यक्तिहरुलाई यसले प्रभावित पार्ने गरेको छ । समयमा उपचार नभए विरामीको ज्यान समेत जाने जोखिम हुन्छ ।

स्कब टाइफस कसरी सर्छ
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ। यो रोग मानिसबाट मानिसमा सर्दैन ।

स्क्रब टाइफसका लक्षणहरु
-धेरै ज्वरो आउनु (काम ज्वरो समेत आउन सक्छ)
-धेरै टाउको दुख्नु
-पसिना धेरै आउनु
-आँखा रातो हुनु
-झाडापखाला लाग्नु
-किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु

स्क्रब टाइफसबाट बच्ने उपायहरु के–के हुन्?
-खेतबारीमा काम गर्दा वनजंगल र झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भए भुइँ सम्म बुट लगाउने ।
-घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने । सम्भव भएसम्म भुइँमा नबस्ने। खाटमा वा अग्लो स्थानमा सुत्ने र बस्ने ।

-सकेसम्म घाँसवारी र चउरमा नबस्ने । चउरमा, बारी, झाडी, घाँस तथा धुरान बढ्न नदिने ।

-मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको वृद्धि विकास नहुने वातावरणको सृजना गर्ने।

स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ।

  • १० पुष २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech