जटिल अवस्थामा पुगेकी बृद्धाको कान्ति आरोग्य हस्पिटलमा सफलतापूर्वक शल्यक्रिया

मगरलाई पित्त थैलीमा पथ्थरी थियो । पित्त थैलीमा पथ्थरीको शल्यक्रिया सामान्य जस्तै भएपनि मगरको अवस्था भने जटिल थियो । यसअघि दुई पटक पाठेघरको क्यान्सरको शल्यक्रिया भइसकेको, मिर्गौलामा भएको पथ्थरीको समेत शल्यक्रिया भइसकेकाले फेरि पनि शल्यक्रिया गर्नु पर्ने अवस्थालाई जोखिमपूर्ण मानिन्छ । त्यसैमा उमेर हद र बिरामीलाई प्रेसर हुनु थप जोखिम मानिन्छ । तर ग्यास्ट्रो तथा हेपाटो विलियरी सर्जन डा.कृष्ण मोहन अधिकारीले जोखिमकाबीच पनि महिलाको सफलतापूर्वक शल्यक्रिया गर्नुभएको हो ।


    • प्रियास्मृति ढकाल

  • ९ पुष २०८०, सोमबार

नेपालगन्ज : जटिल अवस्थामा पुगेकी एक जना बृद्ध महिलाको कान्ति आरोग्य हस्पिटलमा सफलतापूर्वक शल्यक्रिया भएको छ । भेरी गंगा नगरपालिका १२ छिन्चुकी ७६ वर्षीया गोविन्दा मगरको सफलतापूर्वक शल्यक्रिया भएको छ । मगरलाई पित्त थैलीमा पथ्थरी थियो । पित्त थैलीमा पथ्थरीको शल्यक्रिया सामान्य जस्तै भएपनि मगरको अवस्था भने जटिल थियो । यसअघि दुई पटक पाठेघरको क्यान्सरको शल्यक्रिया भइसकेको, मिर्गौलामा भएको पथ्थरीको समेत शल्यक्रिया भइसकेकाले फेरि पनि शल्यक्रिया गर्नु पर्ने अवस्थालाई जोखिमपूर्ण मानिन्छ । त्यसैमा उमेर हद र बिरामीलाई प्रेसर हुनु थप जोखिम मानिन्छ । तर ग्यास्ट्रो तथा हेपाटो विलियरी सर्जन डा.कृष्ण मोहन अधिकारीले जोखिमकाबीच पनि महिलाको सफलतापूर्वक शल्यक्रिया गर्नुभएको हो ।

गएको शनिवार शल्यक्रिया गर्नुभएकी मगर आज अस्पतालबाट डिस्चार्ज समेत हुनु भएको छ । पित्त थैलीमा पथ्थरी परेपछि मगर असह्य पीडा हुनुहुन्थ्यो । उहाँलाई सुर्खेतका अधिकांश अस्पताल र नेपालगन्जका अन्य अस्पतालमा पनि आफन्तहरुले उपचारका लागि पु¥याएका थिए । तर शल्यक्रियाका लागि यहाँ सम्भव नहुने र काठमाडौं अथवा भारतको लखनउ लग्न सुझाव दिएका थिए । ‘सुर्खेतका अधिकांश अस्पतालमा पुग्यौं । नेपालगन्जका अस्पतालमा पनि पुग्यौं तर कसैले शल्यक्रिया सम्भव हुने बताएनन् बिरामी मगरका छोरी जवाई टेकबहादुर घर्तिले स्वास्थ्य पेजसँग भन्नुभयो–‘कान्ति आरोग्य हस्पिटलमा आएपछि डाक्टर सापले सफलतापूर्वक शल्यक्रिया गर्नुभयो । सासु आमाको ज्यान जोगियो ।’

पथ्थरीको पीडाका कारण मगर असह्रय पीडाले रातदिन रुने र कराउने गरेको घर्तिले बताउनुभयो । ग्यास्ट्रो तथा हेपाटो विलियरी सर्जन डा.कृष्ण मोहन अधिकारी नेपालगन्ज आएसँगै जटिल खालका शल्यक्रियाहरु धमाधम भइरहेका छन् । करिव डेढ महिना अघि भेरी अस्पतालमा आउनुभएका डा.अधिकारीले कान्ति आरोग्य हस्पिटलबाट समेत सेवा प्रवाह गर्दै आउनुभएको छ । पेटका समस्या भएका, पित्तथैली, पित्तनली, मलद्धार बाहिर खस्ने, पित्तथैलीको क्यान्सर पेटमा फैलिएको लगायतका जटिल खालका शल्यक्रिया सफलतापूर्वक भएका छन् ।

चितवन पश्चिम लुम्विनी, कर्णाली र सुदूरपश्चिमका एक्ला ग्यास्ट्रो तथा हेपाटो विलियरी सर्जन डा. अधिकारीले भन्नुभयोे–‘पेट सम्वन्धी समस्या भएका बिरामीहरु अव उपचारका लागि भारतको लखनउ वा काठमाडौं जानु पर्ने अवस्था छैन ।’ मौजुदा स्रोतसाधन र बिरामीको जटिलताका आधारमा धेरै समस्याहरु अव नेपालगन्जबाटै समाधान गर्न सकिने उहाँको भनाइ छ ।

कान्ति आरोग्य हस्पिटलमा पछिल्ला दिनमा जटिल खालका शल्यक्रियाहरु सफलतापूर्वक सम्पन्न भइरहेको अस्पतालका अध्यक्ष सन्दिप अग्रवालले जानकारी दिनुभयो । उहाँका अनुसार हस्पिटलले जनरल सर्जरी, हाडजोर्नी शल्यक्रिया, स्त्रीरोग, बालरोगसहित, छाला, मानसिक समस्या, न्यूरो परामर्श लगायतका विशेषज्ञ सेवा समेत दिँदै आएको छ ।

  • ९ पुष २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech