निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरमा ६५१ जनाले सेवा लिए

    • स्वास्थ्य पेज

  • ७ पुष २०८०, शनिबार

कोहलपुरः कोहलपुर नगरपालिका–१२ स्थित नेपाल राष्ट्रिय मावि खडकवारमा निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर भएको छ । कोहलपुर नगरपालिका आयुर्वेद स्वास्थ्य केन्द्रको आयोजनामा आज भएको उक्त शिविरमा ६५१ जनाले सेवा लिएका छन् । ओपिडी सेवा लिने विरामीको संख्या सबैभन्दा धेरै रहेको केन्द्र प्रमुख उदिप श्रेष्ठले बताउनुभयो ।

उहाँका अनुसार ४०१ जनाले ओपिडी सेवा लिएका थिए । त्यसमा महिलाको संख्या २६२ र पुरुषको संख्या १३९ रहेको थियो । त्यसैगरी उपचारात्मक योग सेवा ४० जनाले लिएका छन् । ७३ जनाको सुगर परीक्षण गरिएको थियो भने पंचकर्म सेवा ५६ जनाले, जेष्ठ नागरिक सेवा ६२ जनाले र स्तनपायी (प्रसूति महिलालाई दुग्धवर्धक औषधी वितरण) सेवा १९ जनाले लिएको पनि केन्द्र प्रमुख श्रेष्ठले बताउनुभयो ।

आयुर्वेदिक चिकित्सक डा.विपी रेग्मी, डा.गीता रेग्मीसहितको स्वास्थ्यकर्मीको टिम शिविरमा खटिएको थियो । वडा नं.१२ र १३ लाई लक्षित गरी आयोजना गरिएको शिविरको कोहलपुर नगरपालिकाका सामाजिक विकास समिति संयोजक इश्वरी प्रसाद विकले उद्घाटन गर्नुभएको थियो । कोहलपुर नगरपालिका वडा नं.१२ का वडा सदस्य पानसरा बाँठाको अध्यक्षतामा भएको कार्यक्रममा वडा नं. १३ का वडाअध्यक्ष डम्वर खड्का, अन्य जनप्रतिनिधि, बुद्धिजीवि, नागरिक समाजका अगुवा लगायतको सहभागिता रहेको थियो ।

  • ७ पुष २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech