गर्मीको दाँजोमा जाडोमा मानिस अल्छी हुन्छन् । त्यसैले उनीहरू जिम जान पनि गाह्रो मानिरहेका हुन्छन् । केही त्यस्ता अभ्यास छन्, जसलाई तपाईं घरमै गर्न सक्नुहुन्छ । यसले तपाईंलाई फिट र स्वस्थ्य राख्न मद्दत गर्छ ।
जम्पिङ ज्याक्स : यसले पूरै शरीरको कसरत गराउँछ । त्यसैले कुनै पनि वर्कआउट गर्नुअघि वार्मअपका रूपमा पनि जम्पिङ ज्याक गर्ने गरिन्छ । यसले मांसपेशीहरूलाई सक्रिय गराउँछ, मुटुको चाल बढाउँछ र मुड फ्रेस गराउँछ । वजन घटाउन, स्टामिना बढाउन र तनाव कम गर्न यो कार्डियो एक्सरसाइज प्रभावकारी मानिन्छ ।
जम्प रोप : यसमा लागि धेरै समय र ठाउँ पनि आवश्यक पर्दैन । कोअर्डिनेसन, ब्यालेन्स र कार्डियोभस्कुलर फिटनेसका लागि यो प्रभावकारी छ ।