के हो मधुमेह, मधुमेह कसलाई हुनसक्छ ?

    • स्वास्थ्य पेज

  • २४ मंसिर २०८०, आईतवार

के हो मधुमेह ? 

जब हामी कुनैपनि खानेकुरा खान्छौं, हाम्रो शरीरले कार्बोहाइड्रेटलाई तोडेर ग्लूकोजमा बदल्छ । प्याक्रियाजबाट इन्सुलिन नामको हर्मोन स्किन्छ, जसको मद्दतले हाम्रो शरीरको कोशिकाहरुले सुगरलाई सोसेर उर्जामा बनाउँछ ।

जब शरीरमा इन्सुलिन बन्न कम हुन्छ वा त्यसले ठीक ढंगले काम गर्दैन तब कोशिकाले रगतमा भएको सुगरको मात्रा सोस्न सक्दैन । यही स्थितीले मधुमेहको जन्म दिन्छ ।

मधुमेह कसलाई हुनसक्छ ?

१. वयस्क एवं बुढापाका

२. मोटोपन भएका एवं शारीरिक श्रम नगर्ने

शरीरमा ब्लड सुगर लेभलको मात्रा धेरै छ भने रगतले नसालाई क्षति पुर्‍याउँछ । शरीरमा रगत राम्ररी प्रवाह हुन सकेन भने रगत शरीरको त्यो हिस्सामा पुग्न पाउँदैन जहाँ यसको जरुरत छ । यावत कुराले अन्धोपन, मिर्गौला खराब हुने, हृदयघात हुने जोखिम उच्च बनाउँछ

मधुमेह भएको कसरी थाहा हुन्छ ?

१. धेरै तिर्खा लाग्नु

२. सामान्यभन्दा बढी पिसाब लाग्नु । खासगरी रातको समयमा ।

३. थकान महसुष हुनु ।

४. बिना कुनै कारण तौल घट्नु ।

५. आँखाको दृष्टि कमजोर हुनु ।

६. घाउ निको हुन समय लाग्नु ।

ब्रिटिश नेशनल हेल्थ सर्भिसका अनुसार टाइप १ मधुमेहको लक्षण सानै उमेरदेखि देखापर्छ । त्यसैगरी टाइप २ मधुमेह वयस्क खासगरी २५ बर्षको उमेरपछि देखापर्छ ।

भनिहालौं, मधुमेह दुई प्रकारको हुन्छ । टाइप १ र टाइप २ ।

टाइप–१ मधुमेह

प्याक्रियाजमा हर्मोनले इन्सुलिन बनाउन छाड्छ । यस कारण रगतमा ग्लूकोजको मात्रा बढ्छ ।

टाइप–२ मधुमेह

प्याक्रियाजले आवयश्यक्ता अनुरुप इन्सुलिन बनाउँदैन । हर्मोनले ठीक ढंगले काम गर्दैन ।

के मधुमेहबाट बच्न सकिन्छ ?

अब फर्को मुल प्रश्नमा । के मधुमहेबाट बच्न सकिन्छ ? वा मधुमेह हुनै नदिने कुनै उपाय छ ?

मधुमेह आनुवांशिक र पर्यावरणीय कारणमा आधारित छ । यद्यपि तपाईंले आफ्नो रगतमा ग्लूकोजको मात्रा नियन्त्रण गरेर आफुलाई मधुमेहबाट बचाउन सकिन्छ । सन्तुलित भोजन र व्यायाम गरेर रगतमो ग्लुकोजको मात्रा नियन्त्रण गर्न सकिन्छ ।

प्रशोधित खानेकुरा, पेय बन्द गर्नुपर्छ । आफ्नो दैनिक खानामा सागसब्जी, फल, अन्न सामेल गर्नुपर्छ । नियमित अन्तरालमा खाना खानुपर्छ । पेट भरिएको बेला अतिरिक्त खानेकुरा खान हुँदैन ।

शारीरिक व्यायामले पनि रगतमा चिनीको मात्रा क मगर्न सकिन्छ । ब्रिटिश नेशनल हेल्थ सिस्टमका अनुसार मान्छेले एक हप्तामा लगभग अढाई घण्टा एरोबिक्स व्यायम गर्नुपर्छ, जसमा तिब्र गतिमा सिंढी चढ्ने र हिँड्ने कुरा सामेल छ ।

शरीरको तौल नियन्त्रण गरेर रगतमा चिनीको मात्रा घटाउनुपर्छ । यसका साथै चुरोट सेवन गनरौं ।

मधुमेह भएमा के छ खतरा ?

शरीरमा ब्लड सुगर लेभलको मात्रा धेरै छ भने रगतले नसालाई क्षति पुर्‍याउँछ । शरीरमा रगत राम्ररी प्रवाह हुन सकेन भने रगत शरीरको त्यो हिस्सामा पुग्न पाउँदैन जहाँ यसको जरुरत छ । यावत कुराले अन्धोपन, मिर्गौला खराब हुने, हृदयघात हुने जोखिम उच्च बनाउँछ ।

  • २४ मंसिर २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech