सुन्तला खादाका फाइदा

    • स्वास्थ्य पेज

  • २३ मंसिर २०८०, शनिबार

सुन्तलाको नाम लिने वित्तिकै तपाईको मुख रसाउँछ होला । अहिले सुन्तला खाने सिजन पनि हो । जाडो मौसममा न्यानो घाममा बसेर सुन्तला खानुको मज्जा नै बेग्लै हुन्छ । साथीभाइसँग घाम ताप्दै सुन्तला खाँदा रमाइलो मात्र होइन स्वास्थ्यका लागि पनि निक्कै फाइदाजनक छ।

सुन्तला खादा कुन-कुन रोगको जोखिम कम हुन्छ ?

उच्च रक्तचाप नियन्त्रण 

सुन्तला सेवन गर्नदा उच्च रक्तचाप नियन्त्रण गर्न सहयोग पु¥याउँछ । सुन्तलामा हुने हेस्परिडिन भन्ने तत्वले उच्च रक्तचाप नियन्त्रण गर्छ । त्यसैले उच्च रक्तचापको समस्या भएका व्यक्तिका लागि सुन्तला निकै फाइदाजनक छ ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन

सुन्तलामा प्रसस्त मात्रालमा भिटामिन सी पाइन्छ । भिटामिन सी प्रसस्त भएको सुन्तलाले तपाईमा रोग प्रतिरोधात्मक क्षमताको विकास गरी तपाईलाई रोगहरु लाग्नबाट बचाउँछ । चिसो मौसममा रोगसँग लड्न सुन्तला खानु निकै फाइदाजनक छ।

छालाको सुन्दरता बढाउँछ

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईको छालालाई सुन्दर बनाउँछ। त्यसैले तपाईको अनुहार र छालाको सुन्दरताका लागि पनि नियमित सुन्तला खानु उपयुक्त हुन्छ।

मुटुलाई स्वस्थ राख्छ

सुन्तलामा हुने पोटासियमले तपाईको मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । त्यसैले मुटुलाई स्वस्थ राख्न सुन्तला खानु उपयुक्त हुन्छ।

क्यान्सरको जोखिम कम गर्छ

सुन्तलामा पाइने एन्टिअक्सिडेन्टले तपाईलाई क्यान्सर हुन दिदैन । नियमित सुन्तला खाने व्यक्तिमा स्तन, फोक्सो र छालाको क्यान्सरको जोखिम कम गर्छ।

आँखाको दृष्टिलाई फाइदा

सुन्तलामा पाइने भिटामिन ए ले आँखाको स्वास्थ्यका लागि निकै फाइदाजनक छ । त्यसैले आँखा स्वास्थ्यका लागि पनि नियमित सुन्तला खानुस्।

कब्जियतबाट बचाउँछ

सुन्तलामा पाइने फाइबरले कब्जियत हुन दिदैन । त्यस्तै सुन्तलामा हुने रेशायुक्त पपदार्थले तपाईका् पाचन प्रणाली समेत राम्रो बनाउँछ।

  • २३ मंसिर २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech