बालबालिकालाई हिटरमा सेक्नु कति सुरक्षित ?

    • स्वास्थ्य पेज

  • १३ मंसिर २०८०, बुधबार

जाडो महिनामा न्यानोका लागि सहरी क्षेत्रमा धेरै प्रयोग हुने साधन हो, रुम हिटर । न्यानोका लागि रुम हिटर निकै प्रभावकारी तथा सजिलो उपाय भए पनि स्वास्थ्यका हिसाबले यसका केही गम्भीर बेफाइदा पनि छन्, चाहे त्यो ग्यास हिटर होस् या इलेक्ट्रिक ।

विशेष गरी हिटरले हावामा भएको आद्रता सोस्छ र कोठामा सुक्खापन बढाउँछ । सुख्खापनका कारण नाकको मार्ग सुक्न सक्न सक्छ र यसैले रक्तस्राव पनि गराउँदछ भने सुख्खापनकै कारण छालाको एलर्जी हुने, छालामा चाया हुनेजस्ता समस्या निम्तिन सक्छन् ।

त्यस्तै, ग्यास हिटरबाट उत्पादन हुने कार्बनडाइक्साइड, कार्बन मनोक्साइडजस्ता ग्यासको सम्पर्कमा लामो समय बस्दा शरीरलाई ‘स्लो पोइजन’को रूपमा असर गर्न सक्छन् ।

पर्याप्त मात्रामा हावा नबहने कोठामा ग्यास हिटर बाल्दा यसबाट निस्कने कार्बन मनोक्साइडले श्वासप्रश्वासमा समस्या निम्त्याउन सक्छ । त्यतिमात्रै नभई विभिन्न अंगमा अक्सिजनको कमी गराउन सक्छ भने रगतमा हेमोग्लोबिनको मात्रा कम गराउन सक्छ ।

यो ग्यासको कुनै गन्ध, रङ नहुने र आँखाले देख्न नसकिने भएकाले पनि यसलाई स्लो पोइजनको रूपमा लिइन्छ । त्यस्तै, इलेक्ट्रिक ग्यास हिटरले पनि कोठाको आद्रतालाई घटाउने भएकाले स्वास्थ्यमा विभिन्न समस्या देखिन सक्छ । यद्यपि विकार पदार्थ उत्पादन कम हुने भएकाले यो ग्यास हिटरभन्दा कम हानिकारक रहेको विज्ञहरू दाबी गर्छन् ।

नेसनल लाइब्रेरी अफ मेडिसिनको एक अध्ययन अनुसार हिटरले स्वास्थ्यमा पार्ने नकारात्मक असरहरू वयस्क र ठूला व्यक्तिभन्दा शिशुहरूमा धेरै हुन्छन् । त्यसमा पनि कोठाको वातावरण अनुसारको तापक्रम नमिलेको खण्डमा हिटरले मृत्युसम्मको जोखिम निम्त्याउन सक्छ ।

त्यस्तै, घरमा धेरै प्रयोग हुने इन्फ्रारेड हिटरले नवजात शिशुको आँखामा पनि असर पुर्‍याउन सक्छ । रुम हिटर चलाउने र कोठालाई न्यानो बनाएपछि बन्द गर्नु जोखिमबाट बच्ने उपाय हो । नवजात शिशुका लागि फ्यान हिटर प्रयोग गर्नु उचित हुन्छ ।

  • १३ मंसिर २०८०, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech