सेती प्रादेशिक अस्पतालमा सिकलसेल जाँच निःशुल्क

    • स्वास्थ्य पेज

  • ४ मंसिर २०८०, सोमबार

नेपालगन्ज: सेती प्रादेशिक अस्पतालले मंगलबारदेखि सिकलसेल एनमियाको निदानका लागि प्रयोगशाला जाँच निःशुल्क गर्ने भएको छ। प्रादेशिक अस्पतालले सोमबार एक सूचना जारी गर्दै सिकलसेल एनमिया सम्बन्धी निदानका लागि गरिने प्रयोगशाला जाँच (इलेक्ट्रोफोरोसिस) को निशुल्क गरिने जनाएको हो।

प्रदेश तथा संघीय सरकारले अस्पताललाई विनियोजन गर्ने बजेट घटाउँदा र अस्पतालको आम्दानीमा कमी आएपछि सिकलसेलका बिरामीले शुल्क तिरेर जाँच गराउनुपर्ने अवस्था रहेको थियो।अस्पतालले जारी गरेको सूचनामा भनिएको छ –‘अस्पतालको सामाजिक सेवा एकाई (कोठा नम्बर २४) बाट मंसिर ५ गतेदेखि निःशुल्क जाँच गरिने छ।’

सिकलसेल एनिमियाका बिरामीले बाहिर परीक्षण गर्दा महङ्गो शुल्क तिर्नुपर्ने बाध्यता हटाउन भन्दै अस्पतालले आन्तरिक स्रोत तथा प्रदेश र संघ सरकारबाट प्राप्त हुने बजेटबाट स्रोत जुटाएर निःशुल्क परीक्षण गराउने व्यवस्था गरेको जनाएको छ।यसअघि अस्पतालले सिकलसेल परीक्षण गराउने बिरामीबाट एक हजार शुल्क लिदै आएको थियो।
 

  • ४ मंसिर २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech