नेपालगन्जः सरकारले वीर अस्पतालमा कार्यरत डा श्रीराम तिवारीलाई भरतपुर अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिएको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले मन्त्रीस्तरिय निर्णय गर्दै डा तिवारीलाई मेसुको जिम्मेवारी दिनुभएको हो ।
यसअघि अस्पतालमा डा कृष्ण पौडेल मेसु हुनुहुन्थ्यो। डा पौडेल १०औं तहका चिकित्सक हुनुहुन्छ भने डा तिवारी ११औं तहका हुनुहुन्छ ।