नेपालगन्जः भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा.राजन पाण्डेले भूकम्प पीडितलाई एक महिनाको तलव सहयोग गर्ने घोषणा गर्नुभएको छ ।
उहाँले आफ्नो व्यक्तिगत तर्फबाट एक महिनाको तलव रु ६६ हजार पीडितलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ । उक्त सहयोग रकम सरकारी च्यानल मार्फत प्रदान गरिने उहाँको भनाइ छ ।