भूकम्पका घाइते बिरामीहरुका लागि भेरी अस्पतालमा मनोसामाजिक उपचार सुरु

    • स्वास्थ्य पेज

  • २१ कार्तिक २०८०, मंगलवार

नेपालगन्जः भेरी अस्पतालमा उपचाररत भूकम्पका घाइते बिरामीहरुका लागि मनोसामाजिक परामर्श र उपचार सेवा दिन थालिएको छ । जिल्ला आपत्तकालीन कार्यसंचालक केन्द्र बाँकेका अनुसार मनोसामाजिक परामर्श र उपचारका लागि मानसिक रोग जनशक्ति व्यवस्थापन गरिएको छ ।

भेरी अस्पतालमा उपचाररत भूकम्पबाट घाइते शारीरिक चोट र परिवारका सदस्यहरु गुमाएका बिरामी, परिवार र कुरुवाहरुका लागि मनोसामाजिक परामर्श र उपचार गर्न मानसिक रोग विशेषज्ञ र मनोसामाजिक परामर्श तालिम प्राप्त २ जना चिकित्सक र १ जना नर्सको ब्यवस्था गरिएको केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । त्यसका लागि अस्पतालका कन्सल्ट्यान्ट साइक्रयाट्रिक डा. लीला देवकोटा, डा.प्रदीप रेग्मी, मनोसामाजिक परामर्शदाताका रुपमा कमला डाँगीलार्य जिम्मेवारी तोकिएको छ ।

भेरी अस्पतालमा हाल ४६ जना बिरामीको उपचार भइरहेको छ । ती मध्ये एक जना आइसीयूमा छन् । पछिल्लो १२ घण्टामा तीन महिने शिशुसहित दुई जना घाइते बिरामी थपिएका छन् । ७ जनाको शल्यक्रिया गरिएको छ । हालसम्म उपचारका लागि आएका ४९ जनामध्ये २ जना डिस्चार्ज भएका छन् भने एक जनाको मृत्यु भएको छ । उपचार चलिरहेका सबै खतरामुक्त रहेको पनि फोकलपर्सन श्रेष्ठले बताउनुभयो ।

  • २१ कार्तिक २०८०, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech