भेरी अस्पतालमा भूकम्पमा घाइते आमाको पेटभित्र मृत शिशु

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०८०, सोमबार

नेपालगन्जः जाजरकोट भूकम्पबाट भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मरेको शिशुलाई निकालिएको छ । शल्यक्रिया नगरेरै नर्मल डेलिभरी भएको अस्पतालले जनाएको छ । आमाको स्वास्थ्य अवस्था खतरामुक्त रहेको पनि अस्पतालले जनाएको छ ।

भेरी अस्पतालमा अहिलेसम्म सात जना घाइतेको अपरेशन गरिएको छ । घाइते भएकामध्ये ४१ जनाको भेरी अस्पतालमा उपचार चलिरहेको छ ।

हालसम्म ४३ जना भर्ना भएकोमा एक जनाको मृत्यु भएको छ भने एक जना डिष्चार्ज भएका छन् । एक जनाको आइसियुमा उपचार भइरहेको जिल्ला आपतकालीन कार्यालय सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । पहिले सिकिस्त भए पनि हाल सुधारोन्मुख घाइतेको सङ्ख्या दुई र सामान्य सुधारोन्मुख घाइतेको सङ्ख्या ३९ रहेको श्रेष्ठले जानकारी दिनुभयो ।

पछिल्लो १२ घण्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिएका छन् भने एक जना उपचारपछि घर फर्किएको अस्पतालले जानकारी दिएको छ ।

  • २० कार्तिक २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech