ज्येष्ठ नागरिकको मृत्युबारे छानबिन गर्न चिकित्सक संघको माग

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०८०, सोमबार

नेपालगन्जः नेपाल चिकित्सक संघले पाटन अस्पतालमा ज्येष्ठ नागरिकहरूको मृत्युबारे सत्यतथ्य छानबिन गर्न माग गरेको छ । कात्तिक १८ गते पाटन अस्पतालमा ज्येष्ठ नागरिक वार्डमा दुई जनाको मृत्यु भएको थियो ।

संघले सोमबार एक विज्ञप्ति जारी गर्दै ज्येष्ठ नागरिकको मृत्युपछि स्वास्थ्यकर्मीमाथि भएको कुटपिट, गालीगलौज र ज्यान मार्ने धम्कीप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

‘घटनामा संलग्न दोषीहरूलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन) बमोजिम कानुनी कारबाही गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने वातावरण तयार गर्न माग गर्दछ,’ संघका महासचिव सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उपचारको क्रममा कुनै आशंका उत्पन्न भए सत्यतथ्य छानबिन गरी कानुन अनुसार सजायको भागिदार जोसुकै हुने विज्ञप्तिमा उल्लेख छ ।

  • २० कार्तिक २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech