नेपालगन्ज न्यूरो एण्ड ट्रमा मल्टिस्पेसलिटी हस्पिटलले पनि दियो भूकम्प पीडितलाई राहत सामाग्री

    • स्वास्थ्य पेज

  • २० कार्तिक २०८०, सोमबार

नेपालगन्ज: नेपालगन्ज न्यूरो एण्ड ट्रमा मल्टिस्पेसलिटी हस्पिटलको पहलमा भूकम्प पीडितहरुलाई राहत सामाग्री हस्तान्तरण गरिएको छ । शुक्रबारराती जाजरकोटको लामिडाँडा केन्द्र बिन्दु बनाएर गएको ६.४ म्याग्निच्यूडको भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षती भएको छ ।

प्रभावित क्षेत्रका बासिन्दालाई सहयोग होस् भन्ने उद्देश्यका साथ अस्पतालको पहलमा जाजरकोट पुगेर संकलित सहयोग सामाग्री हस्तान्तरण गरिएको अस्पतालका फार्मेसी इन्चार्ज दिनेश विष्टले जानकारी दिनुभयो ।

चामल ८ सय किलो, दाल २५० किलो, चाउचाउ १ हजार प्याकेट, नुन १ बोरा, बल्यान्केट ५० पीस, तकिया १२० पीस, एक सय मिटर म्याक्ट्रीक्स, हात धुने साबुन १४४ पीस सहित दुई पेटि अत्यावश्यक औषधि हस्तान्तरण गरिएको इन्चार्ज विष्टले जानकारी दिनुभयो ।

जिल्ला विपद व्यवस्थापन आपूर्ति समिति जाजरकोटलाई संकलित राहत सामाग्री हस्तान्तरण गरिएको हो ।करीब २ लाख मूल्य बराबरको संकलित राहत पीडितलाई दिने गरी हस्तान्तरण गरिएको हो । सेन्ट्रल सिटि हस्पिटलमा कार्यरत डा. दिपेश गुप्ता, त्यसैगरी सर्जन श्रेष्ठ र रेशम महतराले पनि राहत संकलनमा सहयोग गर्नुभएको थियो ।

  • २० कार्तिक २०८०, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech