वरिष्ठ अर्थोपेडिक सर्जन प्रा.डा.गोविन्द केसी भेरी अस्पतालमा

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०८०, आईतवार

नेपालगन्ज: भूकम्पबाट घाइते भएकाहरुको उपचारका लागि  प्रा.डा.गोविन्द केसी आज नेपालगन्जस्थित भेरी अस्पताल पुग्नु भएको छ।

अस्पताल पुग्नु भएका प्रा.डा. केसीले उपचार गराइरहेका बिरामीहरुको रिपोर्ट हेरेर उपचारमा संलग्न हुनु भएको छ ।

वरिष्ठ अर्थोपेडिक सर्जन डा. केसीले अस्पतालका चिकित्सकहरुसँग घाइतेहरुको अवस्था बारे पनि जानकारी लिनु भएको छ ।

जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्।

प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech