नेपालगन्ज: भूकम्पबाट घाइते भएकाहरुको उपचारका लागि प्रा.डा.गोविन्द केसी आज नेपालगन्जस्थित भेरी अस्पताल पुग्नु भएको छ।
अस्पताल पुग्नु भएका प्रा.डा. केसीले उपचार गराइरहेका बिरामीहरुको रिपोर्ट हेरेर उपचारमा संलग्न हुनु भएको छ ।
वरिष्ठ अर्थोपेडिक सर्जन डा. केसीले अस्पतालका चिकित्सकहरुसँग घाइतेहरुको अवस्था बारे पनि जानकारी लिनु भएको छ ।
जाजरकोटको लामिडाँडा केन्द्रबिन्दु भएर शुक्रवार राती ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो।भूकम्पमा परेर अहिलेसम्म १५७ जनाको मृत्यु भएको छ भने २ सय भन्दा जना घाइते भएका छन्।
प्रहरीका अनुसार जाजरकोटमा १०५ जना र पश्चिम रुकुममा ५२ जनाएको मृत्यु भएको छ। प्रभावित क्षेत्रमा उद्धार र राहत वितरण कार्य आइतबारसम्म पनि जारी छ।