वरिष्ठ स्त्रीरोग तथा टेस्ट ट्युब बेवि विशेषज्ञ डा.नुतन शर्मा नेपालगन्ज आउँदै

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०८०, आईतवार

नेपालगन्जः वरिष्ठ स्त्रीरोग, टेस्ट ट्युब बेवि विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा.नुतन शर्मा नेपालगन्ज आउन लाग्नु भएको छ । यही कार्तिक २३ र २४ गते डा. शर्माले नेपालगन्जस्थित केयर सिटि अस्पतालबाट सेवा प्रवाह गर्नु हुनेछ ।

नेपालगन्जको केयर सिटि अस्पतालबाट सेवा प्रवाह गर्न थालेपछि बाँझोपन सम्बन्धी समस्या भएका बिरामीहरुले उपचार सेवा पाउन थालेका छन् ।

थापाथलीस्थित नर्भिक अस्पतालमा सञ्चालनमा आएको नर्भिक आइभिएफ सेन्टर मार्फत डाक्टर शर्माले स्त्री रोग तथा बाँझोपन सम्बन्धी समस्या भएका बिरामीको उपचार सेवा प्रदान गर्दै आउनुभएको छ ।

डा.शर्माले केयर सिटि अस्पतालबाट प्रत्येक महिनामा दुई दिन नेपालगन्ज आएर सेवा दिन थालेपछि बाँझोपन सम्बन्धी समस्या भएकोले मुक्ती पाउन थालेका छन् ।

शर्माको उपस्थितिमा केयर सिटि अस्पतालमा निसन्तान सम्बन्धि समस्या, आइभिएफ तथा टेस्ट्युब बेवी, पाठेघर तथा स्तन क्यान्सर, थाइरोइड तथा महिलाहरुमा देखिने समस्याको निदान, उपचार र परामर्श सेवा प्रवाह हुने अस्पतालले जनाएको छ ।

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech