`अहिलेलाई रक्तदान नगरौं, आवश्यक परे भनौंला´

    • स्वास्थ्य पेज

  • १९ कार्तिक २०८०, आईतवार

नेपालगन्ज: बाँकेमा भोलिदेखी रक्तदान कार्यक्रम स्थगित गरिने भएको छ । भूकम्पबाट घाइते भएकाहरुको उपचारका लागि नेपालगन्ज रक्तसञ्चार केन्द्रमा खुल्ला रक्तदान कार्यक्रमको आह्वान गरिएको थियो ।

अहिलेलाई पुग्ने पुग्ने जति रगत स्टक भैसकेकाले भोलिदेखि आवस्यकता नपर्दासम्मका लागि रक्तदान कार्यक्रम स्थगित गरिएको जिल्ला आपतकालीन कार्यसन्चालन केन्द्र बाँकेका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । तर आज सम्म भने रक्तदान कार्यलाई जारी राखिएको पनि श्रेष्ठको भनाइ छ ।

अहिले रक्तसञ्चार केन्द्रमा २४० पिन्ट रगत स्टक रहेको छ । `अहिलेलाई रक्तदान नगरौं, आवश्यक परे भनौंला´श्रेष्ठले भन्नुभयो । हाल भेरी अस्पतालमा सबै प्रकारका बिरामीको लागि आवश्यक परेमा रगतको अभाव नभएको जनाइएको छ ।

 

  • १९ कार्तिक २०८०, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech