लुम्बिनी प्रदेशले भूकम्प प्रभावित क्षेत्रमा पठायो २५ चिकित्सक

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः लुम्बिनी प्रदेशका २५ जना चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका छन् । जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट घाइतेहरुको उपचारका लागि दुई प्रादेशिक अस्पतालबाट २५ जना बढी चिकित्सकको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णाली प्रदेश सरकारका मुख्यमन्त्रीसँग टेलिफोन संवाद गरी स्वास्थ्यकर्मीको टोली प्रभावित पठाउनुभएको हो ।

दाङबाट राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरका मेसु डा.पदमराज अधिकारीको नेतृत्वमा २० जना र लुम्बिनी प्रादेशिक अस्पतालबाट पाँच जना चिकित्सक औषधि र उपचार सामग्रीसहित प्रस्थान गरेका मुख्यमन्त्रीका प्रेस सल्लाहकार गोपाल भट्टराईले जानकारी दिनुभयो ।

लुम्बिनी प्रादेशिक अस्पतालका एमडी जीपी डा.सुनिल सुनारको नेतृत्वमा पाँच जनाको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन डा। सुदर्शन थापाले जानकारी दिनुभयो ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech