जाजरकोट भूकम्पः १८ जना घाईतेलाई भेरी अस्पतालमा ल्याइयो

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः गएराती गएको भूकम्पमा परी घाइते भएका १८ जनालाई भेरी अस्पतालमा ल्याइएको छ । उनीहरुलाई हवाइ र सडक मार्गबाट आज विहान भेरी अस्पतालमा ल्याइएको उपचार व्यवस्थापनका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

७ जना महिलासहित १८ जनाको उपचार भइरहेको श्रेष्ठले बताउनुभयो । भूकम्पबाट घाईते भएकाहरुको उपचारका लागि भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाइएको छ । त्यसका लागि ८० वटा वेड छुट्याइएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech