जाजरकोट अस्पतालले भूकम्पबाट घाइतेको उपचार कसरी गरिरहेको छ ?

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः गएरातीको भूकम्पमा परी घाइते भएकाहरूको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ। अस्पतालका सूचना अधिकारी कृष्ण बहादुर खत्रीका अनुसार अस्पताल प्रमुख डा.प्रतिक्षा भारतीको नेतृत्वमा उपचारको काम भइरहेको छ।

खत्रीका अनुसार अस्पतालको क्षमताभन्दा बढी घाइते उपचारका लागि आएका कारण व्यवस्थापनमा भने कठिनाई भइरहेको छ। उहाँले नेपली सेनाको हेलिकोप्टरमा काठमाडौंबाट मेडिकल टोली आइसकेका कारण उपचारमा केही सहजता भएको छ।

उहाँका अनुसार अस्पताल आकस्मिक कक्षमा रेड जोन, ग्रिन जोन र एल्लो जोन र प्यासेजहरुमा समेत घाइतेको उपचार भइरहेको छ। उहाँले नजिककै भेरी नगरपालिकाबाट केही पारामेडिक्स र नर्सहरु आएर सेवा दिइरहेको समेत जानकारी दिनुभयो ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech