भूकम्पमा परी घाइते भएकाहरुको भेरी अस्पतालमा उपचार सुरु

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः भूकम्पमा परी घाइते भएकाहरुको भेरी अस्पतालमा उपचार सुरु गरिएको छ । जाजरकोट भेरी नगरपालिका वडा नम्बर ३ खलंगा निवासी ४८ वर्षीय बिमलकुमार कार्कीलाई एम्बुलेन्समार्फत भेरी अस्पतालमा ल्याइएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले घाइते कार्की एम्बुलेन्समार्फत नेपालगन्ज आईपुगेको बताउनुभयो । भूकम्पबाट घाइते भएका ब्यक्तीको उपचार गर्न भेरी अस्पतालमा विशेष ब्यवस्था मिलाइएको प्रजिअ पोखरेलले बताउनुभयो ।

जाजरकोट र रुकुम पश्चिमका अन्य घाइतेलाई पनि एम्बुलेन्स र हेलिकप्टरमार्फत नेपालगन्ज ल्याउने तयारी भइरहेको प्रजिअ पोखरेलले बताउनुभयो । भेरी अस्पताल विकास समितिका अध्यक्ष बीरेन्द्र शाहले भूकम्पका घाइतेको उपचार ब्यवस्था मिलाइएको बताउनुभयो ।

अस्पतालको नयाँ भवनको भूईतलामा उपचार गर्न आवश्यक ब्यवस्था मिलाइएको अध्यक्ष शाहले जानकारी दिनुभयो । स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले घाइतेको उपचार गर्न पूर्ण रुपमा ब्यवस्थापन गरिएको बताउनुभयो ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech