भूकम्प प्रभावित क्षेत्रमा छिमेकी जिल्लाका स्वास्थ्यकर्मी केन्द्रित गर्ने कर्णाली सरकारको निर्णय

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिममा वरपरका जिल्लाबाट सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टोली केन्द्रित गर्ने निर्णय गरेको छ ।

आज बिहान प्रदेश सदरमुकाम सुर्खेतमा आकस्मिक रुपमा बसेको मन्त्रिपरिषद् र विपद् व्यवस्थापन समितिको बैठकले बाँके, दैलेख, सुर्खेत र दाङ जिल्लाबाट भूकम्प प्रभावित क्षेत्रमा केन्द्रित गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार प्रतीक इच्छुक शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार भूकम्प प्रभावित क्षेत्रमा उद्धार, राहत र पुनस्थापनालाई तीव्रता दिन सबै स्रोत साधन केन्द्रित गर्ने निर्णय भएको छ । यसैबीच आज बिहानै कर्णाली प्रदेश सरकारले पठाएको औषधिसहितको हेलिकोप्टर आज बिहान जाजरकोट र रुकुम पश्चिममा पुगिसकेको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech