जाजरकोट भूकम्प: भेरी अस्पताललाई डेडिकेटेड अस्पताल बनाइयो, कोहलपुर मेडिकल कलेज पनि तयारी अवस्थामा

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्ज: जारकोटमा गएको भूकम्पमा परी ठूलो मात्रामा मानिसको मृत्यु घाइते भएपछि उपचारका लागि भेरी अस्पताललाई भूकम्प विशेष (डेडिकेटेड) अस्पतालका रुपान्तरण गरिएको छ। बाँके प्रशासनबाट बिहान ३:२१ बजेबाटै तयारी थालिएको भेरी अस्पताल नेपालगन्जलाई उपचारको लागि तयारी अवस्थामा राखिएको छ। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ।

भेरी अस्पताल बाहेक सैनिक अस्पताल र प्रहरी अस्पतालको १०५ वटा बेड तयारी अवस्थामा राखिएको उल्लेख छ। कोहलपुर मेडिकल कलेजलाई पनि तयारी अवस्थामा राखिएको छ र पर्याप्त मात्रामा डक्टर , नर्सिङ स्टाफ र लजिस्टिक प्रबन्ध मिलाइएको बाँके प्रशासनले जनाएको छ।

हेलिकोप्टरबाट आउने बिरामीको लागि राँझा विमानस्थल र आर्मीको हेलिप्याडमा २/२ वटा एम्बुलेन्स तैनाथ गरिएको छ। ब्लडको अपुग भएमा फ्रेस ब्लड आपूर्तिको लागि रक् दाता सुरक्षाकर्मीको व्यवस्था मिलाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताउनुभयो ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech