जाजरकोट भुकम्प: स्वास्थ्य केन्द्र र अस्पताललाई बिरामी थेग्नै मुस्किल

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्ज: गएराति गएको भूकम्पले जाजरकोटमा ठूलो क्षति भएको छ । अहिले खोज र उद्धारको काम जारी छ । स्वास्थ्य केन्द्र र अस्पतालहररु बिरामीले भरिएका छन् ।

मध्य रातिमा भूकम्प गएकोले ठूलो मानवीय क्षति भएको र जिल्लाका स्वास्थ्य संस्थाले थेग्न नसक्ने अवस्थामा पुगेको छ । अहिले उद्धारकै क्रममा रहेको र बिरामीको संख्या ठूलो भएकोले थेग्न सक्ने अवस्था नभएको जिल्ला अस्पताल जाजरकोटकी इन्चार्ज प्रतीक्षा भारतीले बताउनुभयो। उहाँका अनुसार राति १२ बजेदेखि बिहान ७ बजेसम्म खलंगा वरिपरिका बिरामी मात्रै उद्धार गरेर अस्पताल ल्याइएको छ ।

नजिकका बिरामीको उद्धार गर्दा पनि अस्पतालले थेग्न नसकेको उहाँको भनाइ छ । अहिलेसम्म जिल्ला अस्पतालमा १०० जना बिरामी आएकोमा ३१ जनाको मृत्यु भएको उहाँले बताउनुभयो। बिरामीको संख्या बढेकोले स्टक रहेको औषधि पनि सकिरहेको भारतीले बताउनुभयो।

ठूलो प्रकोप भएकोले जिल्लामा उपलब्ध स्वास्थ्यकर्मीले धान्न नसक्ने अवस्था रहेको उहाँको भनाइ छ ।भूकम्पको केन्द्रविन्दु रहेको बारेकोट गाउँपालिका र अरु विकट क्षेत्रमा समेत सम्पर्क हुन सकेको छैन ।

मुख्य सडकहरु पनि अवरुद्ध भएका छन् । यसले गर्दा उद्धारमा समस्या भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकालले बताउनुभयो ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech