बाँकेका अस्पतालमा यसरी मिलाइयो भुकम्पबाट घाइतेको उपचार व्यवस्था

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्ज: भुकम्पबाट घाइते भएकालाई बाँकेका विभिन्न अस्पतालमा उपचारको व्यवस्था मिलाइएको छ । भेरी अस्पताल नेपालगन्ज, आर्मी अस्पताल र नेपाल प्रहरी अस्पतालमा १०५ बेडको व्यवस्था मिलाइएको छ ।

भेरी अस्पतालमा ८० बेड भुकम्पबाट घाइते भएकालाई छुट्याइएको अस्पतालका सूचना अधिकारी डा. संकेत रिसालले जानकारी दिनुभयो । यस्तै आर्मी अस्पतालमा २० र प्रहरी अस्पतालमा ५ बेड छुट्याइएको छ ।

भेरी नगरपालिका-३ जाजरकोटका ४८ वर्षीय बिमल कुमार कार्कीलाई उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको छ ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech