सडक अवरुद्ध हुँदा भूकम्प प्रभावितको उद्धारमा कठिनाइ, घाइतेहरुको विचल्ली

    • स्वास्थ्य पेज

  • १८ कार्तिक २०८०, शनिबार

नेपालगन्जः सडक अवरुद्ध हुँदा जाजरकोट र रुकुमपश्चिमका भूकम्प प्रभावितको उद्धारमा कठिनाइ भएको छ । केही ठाउँमा सुख्दा पहिरो गएको र केही ठाउँमा पुल भासिंएकोले घाइतेको उद्धारमा कठिनाइ भएको कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीम ढकाल बताउनुभयो । उहााका अनुसार जाजरकोट(डोल्पा सडकअन्तर्गत रिम्नाको पुल भासिंएको छ ।

पुल भासिएर सडक अवरुद्ध हुँदा नलगाड र आठविसकोटका बिरामी ल्याउन समस्या भएको छ । रिम्नाकै बाटो भएर भूकम्प प्रभावित क्षेत्रका बिरामिलाई ल्याउनु पर्ने भए पनि पुल भासिंएकोले उद्धारमा कठिनाइ भएको हो । घाइते बिरामीको विचल्ली भएको छ । रुकुमपश्चिममा पनि केही ठाउँमा सुख्दा पहिरो जाँदा सडक अवरुद्ध भएको स्थानीय तहले जनाएका छन् ।

सडक खोलेर उद्धारको काम भइरहेको छ । शुक्रबार राति गएको भूकम्पले हालसम्मको विवरण अनुसार जाजरकोटको नलगाठ र रुकुम पश्चिमको आठविसकोटमा धेरै क्षति भएको छ । नलगाडकी उपमेयर सरिता सिंहको पनि मृत्यु भएको छ । भूकम्पको केन्द्रविन्द रहेको बारेकोट गाउँपालिकाको भने विवरण आइसकेको छैन ।

प्रभावकारी सञ्चार सुविधा नभएका कारण पूर्ण विवरण नआएको गाउँपालिका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिनुभयो। उहााका अनुसार आफू पुगेको ठाउँमा मानवीय क्षति पुगेको छैन ।

  • १८ कार्तिक २०८०, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech